News
एनआरटीसँग पुलिस स्तब्ध, जावलाखेलको पनि जित

काठमाडौं । ललित स्मृति यु–१८ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत अपराजित रहेको नेपाल पुलिस क्लबले आइतबार पहिलो हार बेहोरेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दशौं चरणको खेलतर्फ पुलिसले न्युरोडटिम (एनआरटी) सँग ४–२ को हार बेहोरेको हो ।
यो जितपछि १० खेलबाट १९ अंक जोडेको एनआरटी लिगतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित पुलिस भने २३ अंकका साथ शिर्ष स्थान मै कायम छ ।
त्यस्तै आइतबार नै भएको दोस्रो खेलमा जावलाखेल युथ क्लबले सातदोबाटो युथ क्लबलाई ४–१ को अन्तरले हरायो । यो नतिजापछि १० खेलबाट जावलाखेलको खातामा १४ अंक भएको छ भने पराजित सातदोबाटो ४ अंकका साथ पुछारबाट दोस्रो स्थान मै रहेर संघर्षरत छ ।
Post Comments
Related News
- बाल आदर्शलाई चौथो एसइइ कपको उपाधि
- रोहित चन्दद्वारा बुटवल एन्फा एकेडेमीको अवलोकन र भेटघाट
- एन्फा यु–१६ युथ लिगको पहिलो चरणको खेलतालिका सार्वजनिक (खेलतालिकासहित)
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त