News ४०औं गभनर्स गोल्डकपः चेन्नईनसँग चर्च ब्वाईज निराश
गोलनेपाल

काठमाडौं । भारतको सिक्किममा जारी प्रतिष्ठित ४०औं गभनर्स गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा नेपालको लिग च्याम्पियन चर्च ब्वाईज युनाइटेड एफसी निराश बनेको छ ।

मंगलबार भएको क्वाटरफाइनल खेलतर्फ चर्च ब्वाईजले भारतको चर्चित इण्डियन सुपर लिग क्लब चेन्नईन फुटबल क्लबसँग शून्यका विरुद्ध १ गोलको हार बेहोरेको हो ।

अधिकांश दोस्रो रोजाईको खेलाडी लिएर उत्रिएको चेन्नईनका लागि खेलको अन्तिमतिर ८६औं मिनटमा विशाल आरले एक मात्र निर्णायक गोल गरे । विशाल नै खेलको प्लेयर अफ दि म्याच समेत चुनिए ।

चर्च ब्वाईजले खेलमा अन्जन बिष्ट, देवेन्द्र तामाङ, टिकेन्द्र थापा (गोलरक्षक), अभिषेक लिम्बु, सुरज जिउ ठकुरी, आशिष चापागाईं जस्ता खेलाडीहरुलाई लिएर उत्रिए तापनि चेन्नईनसँग निराश बन्न पुग्यो ।

 

Post Comments