News माल्दिभ्सको शिर्ष लिग शुरु, साविक विजेता माजियाको शानदार शुरुवात
गोलनेपाल

काठमाडौं (एजेन्सी) । माल्दिभ्सको शिर्ष फुटबल लिग दिवेही प्रिमियर लिग आइतबारदेखि शुरु भएको छ । लिगको उद्घाटन खेलमै डिफेन्डिङ च्याम्पियन माजियाले शानदार शुरुवात गर्यो ।

माजिया लिगको उद्घाटन खेलमा नवआगन्तुक टोली युनाइटेड भिक्टरी विरुद्ध ४–० को एकतर्फी जित निकाल्यो । माजियाका लागि खेलको ३५औं मिनटमा मोहमद उमैरले पहिलो गोलको खाता खोलेका थिए ।

माले स्थित नेशनल स्टेडियममा भएको खेलको ४०औं मिनटमा अली अमधनले माजियाको त्यो अग्रता दोब्बर पारे । पहिलो हाफमा दुई गोल गरेको माजियाले दोस्रो हाफमm थप दुई गोल थप्यो ।

माजियाका लागि थप दुई गोल भने असदुल्ला अब्दुल्लाको नाममा रह्यो । अब्दुल्लाले दोस्रो हाफतर्फ ६७ र ७२औं मिनटमा लगातार दुई गोल गर्दै डिफेन्डिङ च्याम्पियनको शानदार जित पक्का गरे ।

युनाइटेड स्पोर्टस पनि सफल

त्यस्तै आइतबार नै भएको दोस्रो खेलमा सुपर युनाइटेड स्पोर्टसले पनि विजयी शुरुवात गर्यो । नेशनल स्टेडियम मै भएको खेलमा युनाइटेड स्पोर्टसले क्लब इगल्सलाई १–० को झिनो अन्तरले हरायो ।

युनाइटेड स्पोर्टसका लागि खेल शुरु भएको ११औं मिनटमै भिक्टर रोड्रिगेजले एक मात्र निर्णायक गोल गरे ।

आगामी बर्ष (२०२१) को मई महिनासम्म चल्ने लिगमा कुल आठ टोलीहरुले सहभागिता जनाएका छन् ।

(तस्विरः दिवेही प्रिमियर लिग)

 

 

Post Comments