News आयोजक नागस्वती, लेकसाईड र जोरपाटी भेट्रान्स सेमिफाइनलमा
बिक्रम बानियाँ क्षेत्री

हटौडा । आयोजक नागस्वती भेट्रान्स, लेकसाईड भेट्रान्स र जोरपाटि भेट्रान्स, काठमाण्डौ यहाँ जारी तेस्रो नागस्वती भेट्रान्स कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेका छन् ।

बिहीबार भएको पहिलो क्वाटरफाइनल खेलमा नागस्वतीले पशुपति भेट्रान्सलाई दुई शुन्यले पराजित गरि सेमिफाइनलमा प्रबेश गरेको हो । सो खेलमा दुबै गोल मिलेन्द्र देवानले गरेका हुन र खेलको म्यान अफ द म्याच पनि मिलेन्द्र देवान नै भए ।

यसैगरि दोस्रो क्वाटरफाइनल खेलमा लेकसाइड भेट्रान्स पोखराले चितवन भेट्रान्स लाई दुई एकले पराजित गरि सेमिफाइनलमा प्रबेश गर्ने दोस्रो टिम बनेको छ र सो खेलको म्यान अफ द म्याच बिजेता टिमका विश्व लाल श्रेष्ठ भए।

तेस्राे क्वाटरफाइनल खेलमा जोरपाटि भेट्रान्स ले प्ले टुगेदर झापा भेट्रान्स लाई पराजित गरि सेमिफाइनल प्रबेश गर्न सफल भएको छ । उक्त खेलमा जोरपाटिका सुरज सुवेदी म्यान अफ द म्याच घोषित भए ।

Post Comments