
हेटौँडा । हेटौँडा- ७ नागस्वतीमा जारी तेस्रो नागस्वती कप भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा जोरपाटी भेट्रान्स काठमाडौँ र आयोजक नागस्वती भेट्रान्स प्रवेश गरेका छन् ।
शुक्रवार भएको पहिलो सेमिफाइनल खेलमा हेटौँडा भेट्रान्सलाई पराजित गर्दै जोरपाटी भेट्रान्स फाइनल प्रवेश गरेको हो । खेलको ८औँ मिनेटमा जोरपाटीका सुरज सुबेदीले गरेको एक मात्रै गोल नै निर्णायक बनेको थियो । खेलको म्यान अफ द म्याच जोरपाटीका गोलकर्ता सुवेदी घोषित भएका थिए ।
यस्तै दोस्रो सेमिफाइनल खेलमा आयोजक नागस्वती भेट्रान्स बि ले लेक साइड भेट्रान्स पोखरालाई एक शून्य गोलको अन्तरमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो । खेलको ४३औँ मिनेटमा नागस्वतीको तर्फबाट राजकुमार घिसिङले गोल गर्दै टिमलाई फाइनल प्रवेश गराउन सफल भएका थिए । खेलको म्यान अफ द म्याच नागस्वती भेट्रान्सका घिसिङ घोषित भएका थिए । फाइनल खेल शनिवार दिउँसो २ बजे आयोजक नागस्वती भेट्रान्स र जोरपाटी भेट्रान्स बीच हुनेछ ।
नागस्वती भेट्रान्स क्लबको आयोजनामा भएको प्रतियोगितामा मङ्सिर ८ गते सम्म चल्ने छ । प्रतियोगितामा देशभरका ४० वर्ष माथि उमेर समूहका पूर्व राष्ट्रिय खेलाडीहरूको सहभागिता रहेको क्लबका अध्यक्ष सोम बहादुर तितुङ्ले बताउनु भयो । प्रतियोगितामा विजेतालाई २ लाख १ हजार र उपविजेता लाई एक लाख १ हजार नगद सहित शिल्ड पुरस्कार रहेको छ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा