News बिग्रेड ब्वाईज फाइनलमा, उपाधिका लागि टरिगाउँसँग भिड्ने
गोलनेपाल

तुलसीपुर । दुई गोलले पछि परेको स्थिति उल्टाउँदै रोमाञ्चक पूनःरागमनका साथ ब्रिगेड ब्वाईज क्लब, काठमाडौं जारी चौथो हिरा डाँगी स्मृति कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको दोस्रो सेमिफाइनलतर्फ ब्रिगेड ब्वाईजले घरेलु टोली युएनबिसी, दाङलाई पेनाल्टी शुटआउटमा हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो । त्यसअघि अरनिको खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।

एक समय २–० ले पछि परेको ब्रिगेड ब्वाईजले खेलमा उत्कृष्ट पूनःरागमन गर्दै निर्धारित समयको खेल २–२ गोलको बराबरीमा ल्याउन सफल भएको थियो । त्यसपछि पेनाल्टी शुटआउटमा ब्रिगेड ब्वाईजले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

ब्रिगेड ब्वाईजले अब मंसिर ८ गते हुने फाइनलमा अर्को घरेलु टोली टरिगाउँ युवा क्लब, दाङको सामना गर्नेछ । हिरा डाँगी फाउण्डेशन, तुलसीपुर, दाङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२०० हात पार्नेछ भने उपविजेताले १,०१,१०० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments