News
युवा फुटबल खेलाडी निशान न्यौपानेको निधन
कपिलवस्तु । स्थायी घर कपिलवस्तु भई फुटबल खेल्न मोफसलका अधिकांश जिल्ला पुगेका र खासगरी रुपन्देही, कपिलवस्तु, नवलपरासी, चितवन लगायतका जिल्लामा आफूलाई चिनाएका युवा फुटबल खेलाडी निशान न्यौपानेको दुर्घट्नामा परि निधन भएको छ ।
निकटका स्रोतका अनुसार उनको स्कुटर दुर्घटना परि २२ वर्षको उमेर मै निधन भएको हो । दुर्घट्नामा परेपछि उनलाई उपचारका लागि अस्पताल लग्दा मृत्यु भएको बताइएको छ ।
बुटवलमा रहेको एन्फा एकेडेमीको उत्पादन समेत रहेका निशानले लामो समय एकेडेमी मै रहेर पनि फुटबल खेलेका थिए । रुपन्देही लगायत आसपासका जिल्लाहरुमा नियमित फुटबल खेल्दै आएका उनले हालै रुपन्देहीमा सम्पन्न तेस्रो समपुर्ण कपको फाइनल समेत खेलेका थिए ।
Post Comments
Related News
- कपिलवस्तुमा ग्रीन भिजनलाई दोस्रो शिवशक्ति कपको उपाधि
- शिवशक्तिको आयोजनामा कपिलवस्तुको शिवराज नगरपालिकामा मैत्रीपूर्ण फुटबल म्याच सम्पन्न
- दोस्रो शिवशक्ति कपः फाइनलमा ग्रीन भिजन र आयोजक शिवशक्ति भिड्ने
- शिवगढी स्र्पोटिङ र ग्रीन भिजन दोस्रो शिवशक्ति कपको सेमिफाइनलमा
- दोस्रो शिवशक्ति कपः जागृति युथ र आयोजक शिवशक्ति सेमिफाइनलमा