News पथरी प्रिमियर लिगः आज नवोदय र वाई.जि.एफ.टी भिड्दै
गोलनेपाल

पथरी । मोरङमा जारी टेन्सबर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिगतर्फ आज समूह बी को खेलतर्फ टेन नवोदय एफसी र वाई.जि.एफ.टी. आमने सामने हुँदैछन् ।

पथरी रंगशालामा दिनको ३ बजेदेखि शुरु हुने आजको खेलमा दुवै टोलीको निश्चित लक्ष्य जित हुनेछ । र दुवै टोली महत्वपूर्ण तीन अंकका लागि भिड्ने छन् ।

खेलको प्रत्यक्ष प्रसारण गोलनेपाल डटकमबाट पनि हुनेछ । पथरी शनिश्चरे नगरपालिकाका कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगितामा सहभागि टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल आउँदो पौष ११ गतेका दिन हुनेछ । नेपाल मै पहिलोपटक अक्समार्फत खेलाडी खरिद गरि आयोजना भईरहेको लिगको विजेताले उपाधिसहित नगद १ लाख ७५ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ ।

 

Post Comments