News
इलाम गोल्डकपको फाइनलमा एनआरटी, चर्च ब्वाईजसँग उपाधि भिडन्त

इलाम । साविक विजेता न्युरोडटिम –एनआरटी) जारी दोस्रो एनआरएनए इलाम गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा एनआरटीले रेड स्टार फुटबल क्लब, झापालाई २–१ ले हराउँदै उपाधि रक्षा नजिक पुगेको हो । एनआरटीको जितमा ४५औं मिनटमा कप्तान अन्जन बिष्टले पेनाल्टीबाट पहिलो गोल गरेका थिए ।
यद्यपि दोस्रो हाफको ५२औं मिनटमा इमान्युएल बोटेङले रेड स्टारका लागि बराबरी गोल फर्काएका थिए । खेल रोमाञ्चक बराबरीतर्फ लम्किरहेका बेला ६१औं मिनटमा बिबेक गुरुङले एनआरटीका लागि दोस्रो तथा निर्णायक गोल गर्दै टोलीको जित पक्का गरेका थिए ।
खेलमा एनआरटीका अन्जन बिष्ट म्यान अफ दि म्याच घोषित भए । एनआरटीले अब मंसिर २९ गते हुने फाइनलमा चर्च ब्वाईज युनाइटेड, काठमाडौंसँग उपाधिका लागि भिड्नेछ ।
Post Comments