पाँचथर गोल्डकपको पाँचौ संस्करण हुने भएको छ । आयोजक पाँचथर क्लबले आइतबार फिदिममा पत्रकार सम्मेलनमार्फत गोल्डकपबारे जानकारी दिएको हो । प्रतियोगिता फिदिम माविको खेलमैदानमा हुनेछ ।
फागुनमा हुने प्रतियोगिताको मिति भने टुङगो लागेको छैन । आयोजकसहित ८ टिमको सहभागिता हुने प्रतियोगितामा एक अन्तराष्ट्रिय टिम पनि समावेश हुने बताइएको छ । प्रतियोगितामा सहभागी टिमहरुको टुङगो लाग्न केही समय लाग्ने आयोजक क्लबका अध्यक्ष कमल तुम्रोकले जानकारी दिए ।
उनका अनुसार मोफसलका झापा, मोरङसहित ए डिभिजन लिग खेल्ने टिम र एनएसएल खेल्ने टोलीहरुलाई सहभागी गराउने प्रयास भइरहेको छ । प्रतियोगिताको पुरस्कार राशि पनि टुङगो लाग्न बाँकी रहेको तुम्रोकले बताए ।
सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र उदीयमान खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ । गतवर्ष भएको चौथो पाँचथर गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटलब क्लबले जितेको थियो ।
- तुम्बेवामा फुटबलको उत्सव : पुरुषतर्फ फक्ताङलुङ र महिलातर्फ मौवा च्याम्पियन
- तुम्बेवामा फुटबलको महाकुम्भ : पुरुषतर्फ सुम्निमा पारूहाङ र फक्ताङलुङ उपाधि भिडन्तमा, महिलातर्फ मौवा र हाङ्गुम फाइनलमा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपको सेमिफाईनल समिकरण पूरा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपः सुम्निमा पारूहाङ र तुम्बेवा ३ मौवा सेमिफाईनलमा प्रवेश
- पॅाचथरको तुम्बेवामा अध्यक्ष कपको रौनक : आयोजक पहेलोको विजयी सुरूवात