
रामधुनी । कठिन जित निकाल्दै एपिएफ क्लब, पकली जारी तेस्रो रामधुनी मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
एपिएफले पहिलो सेमिफाइनलतर्फ च्यात्यसा फुटबल क्लब, इटहरीलाई सडन डेथमा हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समयको प्रतिस्पर्धात्मक खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो । टाईब्रेकरमा पनि नतिजा निस्किन नसक्दा सड डेथमा एपिएफ १०–९ ले विजयी बन्यो ।
खेलमा एपिएफका कुमार राई म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत पुष ४ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल तालतलैया फुटबल क्लब, इटहरी र न्यु स्टार फुटबल क्लब, भरौल बीच हुने आयोजकले जानकारी दियो ।
उदियमान युवा क्लब, रामधुनी–९, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ सय हात पार्नेछ भने उपविजेताले ५० हजार १ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल पुष ६ गतेका दिन हुनेछ ।