पॉचथरको सदरमुकाम फिदिममा सुरू भएको ११ औँ फाल्गुनन्द गोल्डकपमा आयोजक फिदिम स्पोर्टिङ क्लबले विजयी शुरूवात गरेको छ ।
फिदिम मा.वि.को खेल मैदानमा शनिबार सम्पन्न उदघाटन खेलमा भारतको कर्साङ फुटबल क्लबलाई पेनाल्टी सुट आउटमा चारका विरूद्ध पॉच गोलले पराजित गर्दै आयोजक गोल्डकपको क्वाटर फाइनल पुगेको हो । अब आयोजकले पहिलो क्वाटर फाइनलमा पुस ८ गते त्रीभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
निर्धारित समयमा दुबै टिमबाट गोल नभएपछि खेलको नतिजा पेनाल्टि सुटआउट मार्फत निकालिएको थियो । खेलको म्यान अफ दि म्याच फिदिम स्पोर्टिङका मिराक खजुम घोषित हुँदै नगद दश हजार प्राप्त गरे ।
दश टिम सहभागि रहेको गोल्डकपमा आइतबार झापा ११ र मच्छिन्द्र फुटबल क्लब काठमान्डौ भिड्नेछन । फिदिम स्पोर्टिङ क्लबको आयोजनामा पुस ६ गते देखि सुरू भएको ११ औ फाल्गुनन्द गोल्डकप पुस १५ गते सम्म सन्चालनमा रहनेछ ।
गोल्डकपको विजेताले दश लाख ५५५ र उपविजेताले ५ लाख ५५५ प्राप्त गर्ने फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दिपेन्द्र थापामगरले जानकारी दिनुभयो ।
- तुम्बेवामा फुटबलको उत्सव : पुरुषतर्फ फक्ताङलुङ र महिलातर्फ मौवा च्याम्पियन
- तुम्बेवामा फुटबलको महाकुम्भ : पुरुषतर्फ सुम्निमा पारूहाङ र फक्ताङलुङ उपाधि भिडन्तमा, महिलातर्फ मौवा र हाङ्गुम फाइनलमा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपको सेमिफाईनल समिकरण पूरा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपः सुम्निमा पारूहाङ र तुम्बेवा ३ मौवा सेमिफाईनलमा प्रवेश
- पॅाचथरको तुम्बेवामा अध्यक्ष कपको रौनक : आयोजक पहेलोको विजयी सुरूवात