बिर्तामोड । न्यु रोड टिम (एनआरटी)का गोलरक्षक विशाल सुनारले टाइब्रेकरमा राष्ट्रिय जागृति क्लब इटहरीको दुई वटा प्रहार रोकेपछि झापा कपको फाइनलमा प्रवेश गरेको छ ।
झापाको बिर्तामोडमा जारी भएको झापा कपको आज भएको अन्तिम सेमिफाइनलमा इटहरीलाई रोकेर जितसँगै एनआरटीले लिग विजेता चर्च ब्वाइज युनाइटेडसँग फाइनलमा भेट पक्का गरेको छ ।
एनआरटीले इटहरी टाइब्रेकरमा ३-० गोलअन्तरले पराजित गरेको हो । खेलको ९० मिनेटसम्म गोलरहित बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । टाइब्रेकरमा एनआरटीका एञ्जल महर्जन, कृतिश छुञ्जु र अभिषेक लिम्बूले गोल गर्न सफल भए ।
इटहरीका कप्तान प्रवेश दनुवार र सविन घिमिरेको प्रहार गोलरक्षक विशाल सुनारले विफल बनाए भने विदेशी खेलाडी एलेक्सको प्रहार बारमा लागेर बाहिरिएको थियो । घम्साघम्सीपूर्ण खेलमा रेफ्री प्रज्ज्वल क्षेत्रीले आठवटा पहेँलो कार्ड देखाएका थिए । जागृतिका चार र एनआरटीका चार खेलाडीले पहेँलो कार्ड पाएका हुन् । खेलको प्लेयर अफ द म्याच विजेता टिम एनआरटीका गोलरक्षक सुनार भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए ।
प्रतियोगितामा नेपाल र भारतका १० टिमको सहभागिता रहेको थियो । विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा