काठमाडौं । जापानमा रहेका प्रवासी नेपालीहरुद्वारा स्थापित युएनए फुटसल टिम, नागोया, जापानको आयोजनामा आउँदो फेब्रुअरी १५ तारीखका दिन प्रथम युएनए फुटसल कप फाईभ ए साईड फुटसल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगितामा सहभागिता जनाउन चाहने जापानमा रहेका इच्छुक नेपाली समुदायका फुटसल टोलीहरुका लागि टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ४९,९९९ जापानी येन तोकिएको पनि आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५,५५,५५५ जापानी येन हात पार्नेछ भने उपविजेता २,२२,२२२ जापानी येन हात पार्नेछ । त्यस्तै तेस्रो हुने टोलीले ४९,९९९ जापानी येन हात पार्दा चौथो स्थान हासिल गर्ने टोलीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
त्यसैगरी प्रत्येक खेलको म्यान अफ दि म्याच र विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि नगदसहित उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
साथै प्रतियोगिताको आधिकारिक मिडिया पार्टनगर गोलनेपाल डटकम रहेको छ । र, सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने