पॉचथरको सदरमुकाम फिदिममा जारी ११ औँ फाल्गुनन्द गोल्डकपमा आयोजक फिदिम स्पोर्टिङ क्लबले त्रीभुवन आर्मी क्लवलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ ।
फिदिम मा.वि.को खेल मैदानमा सोमबार सम्पन्न पहिलो क्वाटर फाइनलमा ए डिभिजन क्लब आर्मीलाइ पेनाल्टि सुटआउटमा ४-३ गोल अन्तरले पराजित गर्दै आयोजक फिदिम सेपोर्टिङ क्लब सेमिफाइनल पुगेको हो ।
निर्धिरित समयको खेलमा दुबै टिमबाट गोल हुन नसके पछि नतिजा पेनाल्टी सुटआउट मार्फत निकालिएको थियो । आर्मीका दुइ खेलाडीको प्रहारलाई आयोजकका गोल रक्षक मिराक खजुमले सेभ गरे भने आर्मीका नबिन परियारले आयोजकको एक पेनाल्टी सेभ गरे । खेलको प्लेयर अफ दि म्याच फिदिम स्पोर्टिङ क्लबका विशाल दर्जी घोषित हुँदै नगद दश हजार प्राप्त गरे ।
फाल्गुनन्द गोल्डकपको चौथो दिन पुस ९ गते मंगलबार दोस्रो क्वाटर फाइनलमा मच्छिन्द्र फुटबल क्लब काठमान्डौ र न्यू स्टार क्लब सुनसरी भिड्नेछन । पुस ६ गते देखि सुरू भएको गोल्डकपको फाइनल पुस १५ गते हुनेछ ।
दश टिम सहभागी रहेको गोल्डकपको विजेताले १० लाख ५ सय ५५ र उपविजेताले ५ लाख ५ सय ५५ प्राप्त गर्नेछ । फिदिम नगरपालिका प्रवद्धक रहेको गोल्डकपको आयोजना फिदिम स्पोर्टिङ क्लबले गरेको हो ।
- तुम्बेवामा फुटबलको उत्सव : पुरुषतर्फ फक्ताङलुङ र महिलातर्फ मौवा च्याम्पियन
- तुम्बेवामा फुटबलको महाकुम्भ : पुरुषतर्फ सुम्निमा पारूहाङ र फक्ताङलुङ उपाधि भिडन्तमा, महिलातर्फ मौवा र हाङ्गुम फाइनलमा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपको सेमिफाईनल समिकरण पूरा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपः सुम्निमा पारूहाङ र तुम्बेवा ३ मौवा सेमिफाईनलमा प्रवेश
- पॅाचथरको तुम्बेवामा अध्यक्ष कपको रौनक : आयोजक पहेलोको विजयी सुरूवात