News बागमती प्रदेश लिगः नुवाकोट र सिन्धुपाल्चोकको जित
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । यहाँ जारी दोस्रो बागमती प्रदेशस्तरीय लिग फुटबल प्रतियोगिता–२०८१ अन्तर्गत् शनिबार भएको खेलहरुमा नुवाकोट र सिन्धुपाल्चोकको टोली विजयी भएका छन ।

हेटौंडा–५, स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको पहिलो खेलमा नुवाकोटको बट्टार युथ क्लबले दोलखाको टाईगर क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । उक्त खेलमा बट्टार युथ क्लब नुवाकोटका ईशान शाह म्यान अफ द म्याच घोषित भए ।

यसैगरी दोस्रो खेलमा भक्तपुरको थिमि युथ क्लबलाई सिन्धुपाल्चोकको चौतारा स्पोर्टिङ क्लबले ४–२ ले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच चौतारा स्पोर्टिङ क्लबका एलिक श्रेष्ठ घोषित भए । दुबै खेलमा पराजित भएको भक्तपुरको थिमि युथ क्लबको यात्रा भने टुङगिएको छ ।

प्रतियोगिता अन्तर्गत पुष १४ गते आईतबारको पहिलो खेल काठमाण्डौ र चितवन बिच हुनेछ भने दोस्रो खेल ललितपुर र मकवानपुर बिच हुने आयोजकले जानकारी दियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को संयोजन तथा बागमती प्रदेश फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । लिगकम नकआउटका आधारमा जारी प्रतियोगिताको फाइनल खेल पुष २० गतेका दिन हुनेछ ।

Post Comments