News दोस्रो रुपन्देही ओपन फुटसल हुने
सुरज राना मगर

बुटवल । रुपन्देहीमा फुटबलसँगै सामाजिक कार्यमा पनि क्रियाशील युवाहरुको समूह फुल्बारी गाईज, बुटवलले दोस्रो रुपन्देही ओपन फुटसल च्याम्पियनसिपको आयोजना गर्ने भएको छ ।

यहि आउँदो पुष ९ र १० गतेका दिन हुन गईरहेको च्याम्पियनसिपको विजेताले उपाधिसहित नगद ५५,००० रुपैयाँ हात पार्नेछ भने उपविजेताले २५,००० रुपैयाँ प्राप्त गर्ने खेल संयोजक सरोज दर्लामीले जानकारी दिए ।

त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको संयोजक दर्लामीले बताए । बुटवल, योगीकुटी स्थित लुम्बिनी फुटसल एरिनामा हुने प्रतियोगितामा सहभागिता जनाउने टोलीहरुका लागि टिमदर्ता शुल्क पाँच हजार तोकिएको छ । संयोजक दर्लामी भन्छन्, "हामीले आयोजना गर्ने प्रतियोगिता खुला भएकाले स्थानीय देखि राष्ट्रियस्तरका खेलाडी र टिमहरुले सहभागिता जनाउन पाउने छन् ।"

उता युवाहरुमा कुलत र गलत कार्यमा लाग्नु भन्दा खेलकुदको माध्यमबाट स्वस्थ प्रतिस्पर्धा गराउनु आफूहरुको उद्देश्य रहेको फूलबारी गाईजका अध्यक्ष शिव रानाले बताए ।

अध्यक्ष रानाका अनुसार प्रतियोगिता आयोजना गर्नु नै युवाहरुलाई गलत बाटोमा लाग्नुभन्दा खेलकुदतर्फ आकर्षित गर्नु रहेको बताए । उनी भन्छन्, "खेलले शारीरिक र मानसिक स्वास्थ्यलाई फाईदा त गराउँछ नै, त्यसका साथै युवाहरुलाई गलत बाटो रोज्नबाट पनि टाढा राख्न अभिप्रेरित समेत गर्ने गर्छ ।" 

Post Comments