News मकाउः जेएन एफसीलाई प्रथम मस्र्याङ्दी कपको उपाधि
सुरज राना मगर

काठमाडौं । मकाउमा रहेका प्रवासी नेपालीहरुद्वारा स्थापित लमजुङ सेवा समिति तथा लमजुङ एफसी परिवार, मकाउको आयोजनामा सम्पन्न भएको प्रथम मस्र्याङदी कपको उपाधि जेएन एफसी, हङकङले जितेको छ । फाइनलमा चितवन एफसीलाई हराउँदै जेएन एफसी च्याम्पियन बनेको हो ।

विजेता बनेको जेएन एफसीले उपाधिसहित नगद ६ हजार हङकङ डलर हात पार्यो भने उपविजेता चितवन एफसीले ३ हजार हङकङ डलरसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

विधागततर्फ जेएन एफसीका मिराजन थापा मगर उत्कृष्ट गोलरक्षक चुनिए भने एनटी भेट्रान, हङकङका बिजय गुरुङले सर्वाधिक गोलकर्ताको पुरस्कार हात पारे । एनटी भेट्रान, हङकङ प्रतियोगिताको फेयर प्ले टिम पनि बन्यो ।

त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी विजेता टोली जेएन एफसी, हङकङका साहिल गुरुङ घोषित भएको प्रतियोगिता संयोजक कृष्ण तामाङले जानकारी दिए । प्रतियोगितामा हङकङ र मकाउका गरी कुल १२ टोलीहरुले सहभागिता जनाएको समेत संयोजक तामाङले बताए ।

Post Comments