News नेपालले चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता खेल्ने
गोलनेपाल

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२५ को आगमनसँगै नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु मैदान मै महत्वपूर्ण अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता खेल्ने भएको छ ।

नेपालले आउँदो फेब्रुअरी १७ देखि २६ तारीख (फागुन ५ देखि १४ गते) सम्म काठमाडौं हुने चारदेशिय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता खेल्ने भएको हो ।

प्रतियोगितामा आयोजक नेपालसँगै किर्गिस्तान, लेबनान र म्यानमारको राष्ट्रिय महिला फुटबल टोलीले सहभागिता जनाउने छन् । जुन प्रतियोगिता फिफाको इन्टरनेशनल विन्डो अन्तर्गत हुने समेत बताइएको छ ।

Post Comments