News
सातौं आङ्गबुरा कपको खेलतालिका सार्वजनिक

धर्मदेवी । न्यु युवा क्लब, धर्मदेवी–७, संखुवासभाको आयोजनामा यही पुष २६ गतेदेखि शुरु हुन गईरहेको सातौं आङ्गबुरा कप खुला नकआउट फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।
धर्मदेवी नगरपालिका–७, संखुवासभा स्थित आयोजक क्लब कै खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा पुष २६ गतेका दिन धर्मबस्ती युथ क्लब, होम्बोङ्ग र याक्खा चोक युवा क्लब, माम्लिङ्गबीच हुनेछ । कुल १२ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल भने माघ १ गतेका दिन हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार १०५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१ हजार १०५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- संखुवासभाको खाँदबारीमा दोस्रो तीनपोखरी कप हुने
- संखुवासभामा पुषे मेला खुला पुरुष तथा महिला फुटबल प्रतियोगिता हुँदै
- ८औं पाङमा कप फुटबल प्रतियोगिता: सेकाहा च्याम्पियन
- आठौं पाङमा कपः सितलपाटी र सेकाहा फाइनलमा भिड्ने
- आठौ पाङमा कप फुटबल प्रतियोगिता: तुम्लिङटार स्पोर्टिङ क्लब र आदर्श युथ क्लब सेमिफाइनलमा प