News
नेपाली फिफा रेफ्रीमा उमेशको आगमन
काठमाडौं । केही वर्ष यता नेपालको घरेलु फुटबलमा निर्णायक रेफ्रीको भूमिका व्यस्त र सक्रिय रहेका उमेब बिडारी नेपालको नयाँ फिफा रेफ्रीको रुपमा थपिएका छन् ।
फिफाले वर्ष सन् २०२५ का लागि सार्वजनिक गरेको १२ जना फिफा रेफ्री तथा सहायक रेफ्रीहरुमा उमेशको नाम पनि परेको हो । योसँगै धादिङ जिल्लाबाट फिफा रेफ्री बन्ने उमेश पहिलो र एक्ला रेफ्री समेत बनेका छन् ।
यसपटक फिफा रेफ्रीको सूचीबाट पछिल्ला वर्षहरुमा नियमित पर्दै आएका अनुभवी रेफ्री कबिन व्यञ्जनकारको नाम हटेको छ । फिफाले सन् २०२५ का लागि निकालेको नेपाली फिफा रेफ्रीहरुमा उमेश बिडारीसँगै श्यामलाल दनुवार, नबिन्द्र महर्जन, प्रज्ज्वल क्षेत्री र अन्जना राई रहेका छन् ।
त्यस्तै सहायक रेफ्रीहरुमा ननिराम थापा, किशन यादव, सहदेव श्रेष्ठ, माधव खत्री, हरिष कार्की, प्रकाश भुजेल र मेरिना धिमाल रहेका छन् ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)