News
एन्फा महिला लिगको फाइनल राउण्ड शुरु, आर्मीको विजयी शुरुवात
काठमाडौं । बिहीबारदेखि शुरु भएको एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगितामा उपाधिको दावेदार मध्ये एक त्रिभुवन आर्मी फुटबल क्लबले विजयी शुरुवात गरेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा आर्मीले बागमती युवा क्लबलाई शून्यका विरुद्ध २ गोलले हराउँदै विजयी शुरुवात गरेको हो ।
आर्मीको जितमा दुवै गोल बिमला चौधरीले गरीन् । बिमला नै खेलको प्लेयर अफ दि म्याच समेत घोषित भईन् । त्यसअघि प्रतियोगिताको उद्घाटन काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले गरेकी थिईन् ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)