फिदिम भेट्रान्स क्लबको आयोजनामा दोस्रो भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ ।
४० वर्ष माथिका फुटबलरहरुको सहभागिता रहने प्रतियोगिता माग ९ गतेदेखि १२ गतेसम्म फिदिम माबिको मैदानमा हुनेछ । प्रतियोगितामा एक अन्तराष्ट्रिय टोली सहित ८ टोलीको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
प्रतियोगितामा आयोजक फिदिम भेट्रान्स क्लब, युनाइटेड फ्रेन्डस क्लब बुङकुलुङ दार्जिलिङ, धरान भेट्रान्स सुनसरी, दुधे भेट्रान्स झापा, रेडस्टार भेट्रान्स झापा,गोरख भेट्रान्स इलाम बैद्ध भेट्रान्स रानिटार पाँचथर र मोरङ भेट्रान्स को सहभागिता रहने आयोजकले जानकारी दिए ।
प्रतियोगिताको आयोजनाका लागि २० लाख नगदको अनुमान गरिएको छ । प्रतियोगिताको विजेताले १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
व्यक्तिगत विधाको उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने बताइएको छ। नकआउटका आधारमा हुने प्रतियोगिताको खेल तालीका केहि दिन पछि सार्वजनिक गरिने आयोजकले बताएका छन् । पहिलो संस्करणको फिदिम भेट्रान्स कप फुटबलको उपाधि इलामले जितेको थियो ।
- तुम्बेवामा फुटबलको उत्सव : पुरुषतर्फ फक्ताङलुङ र महिलातर्फ मौवा च्याम्पियन
- तुम्बेवामा फुटबलको महाकुम्भ : पुरुषतर्फ सुम्निमा पारूहाङ र फक्ताङलुङ उपाधि भिडन्तमा, महिलातर्फ मौवा र हाङ्गुम फाइनलमा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपको सेमिफाईनल समिकरण पूरा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपः सुम्निमा पारूहाङ र तुम्बेवा ३ मौवा सेमिफाईनलमा प्रवेश
- पॅाचथरको तुम्बेवामा अध्यक्ष कपको रौनक : आयोजक पहेलोको विजयी सुरूवात