News भरौल र भोजपुर भेट्रान फाइनलमा भिड्ने
गोलनेपाल

बराहक्षेत्र । आयोजक भरौल भेट्रान, सुनसरी र भोजपुर भेट्रान, भोजपुर यहाँ जारी तेस्रो भरौल भेट्रान गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा भिडन्े भएका छन् ।

प्रतियोगिताको पहिलो सेमिफाइनलतर्फ भरौल भेट्रानले उर्लाबारी भेट्रान, मोरङलाई २–१ ले हरायो । भरौलको जितमा अंकुर खड्गी र बिमल कार्कीले गोल गरे । पराजित उर्लाबारीका लागि उत्तम लिम्बुले गोल फर्काएका थिए । खेलमा भरौल भेट्रानका बिमल कार्की म्यान अफ दि म्याच चुनिए ।

त्यस्तै दोस्रो सेमिफाइनलमा भोजपुर भेट्रानले हाम्रो धरान भेट्रान, सुनसरीलाई पेनाल्टी शुटआउटमा ९–८ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ भोजपुरका लागि सुरज श्रेष्ठले गोल गरेका थिए भने हाम्रो धरानका लागि पदम राईले गोल गरेका थिए । खेलमा भोजपुर भेट्रानका दिवश राई म्यान अफ दि म्याच चुनिए ।

अब पुस २७ गते शनिबार हुने फाइनलमा भरौल भेट्रान र भोजपुर भेट्रान उपाधिका लागि भिड्ने छन् ।

भरौल भेट्रान क्लब, बराहक्षेत्र–५, कालाबञ्जर, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

Post Comments