
बुटवल । आयोजक जेनिथ युवा क्लब (निलो) जारी प्रथम जेनिथ कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।
सुनवल–३ स्थित किर्तिपुर मैदानमा सम्पन्न पहिलो क्वाटरफाइनलमा जेनिथले शिवपुर एफसीलाई २–१ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । जेनिथको जितमा निशान्त न्यौपाने र सुजित बुढाथोकीले गोल गरे ।
खेलमा जेनिथ कै निशान्त न्यौपाने म्यान अफ दि म्याच चुनिए । प्रतियोगिता अन्तर्गत पुस २६ गते शुक्रबारको दोस्रो क्वाटरफाइनल खेल सनराईज एफसी, बडेरा र सम्झना युवा क्लब, हर्दिया बीच हुने आयोजकले जानकारी दियो ।
जेनिथ युथ क्लब, सुनवल–३, किर्तिपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष निकेश गुरुङले जानकारी दिए । फाइनल खेल माघ ३ गतेका दिन हुनेछ ।