News युथ लिगः एपिएफ र थ्रीस्टारको जित
गोलनेपाल

काठमाडौं । एन्फा यु–१६ युथ लिगतर्फ शुक्रबार एपिएफ फुटबल क्लब र थ्रीस्टार क्लबले आ–आफ्नो खेलमा जित हात पार्दै महत्वपूर्ण तीन–तीन अंक जोडेका छन् ।

एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा एपिएफले चर्च ब्वाईज युनाइटेडलाई ३–२ ले हरायो । एपिएफको जितमा तेन्जिङ शेर्पा रअबिन बस्यालले गोल गरे । थप एक गोल विपक्षी टोलीका आदित्य राना मगरले आत्मघाी गोल गर्न पुगेका थिए । उता चर्च ब्वाईजका लागि भने सनिल मगर र सुशन थापा मगरले गोल गरेका थिए ।

त्यस्तै दिनको दोस्रो खेलमा थ्रीस्टारले हिमालयन शेर्पा क्लबलाई २–१ ले हरायो । थ्रीस्टारको जितमा राज बम र भुपेन्द्र रावतले गोल गरे भने शेर्पाका लागि अमिर तामाङले गोल गरेका थिए ।

Post Comments