News फर्साटिकर कपमा पाँच जिल्लाका टोलीहरुले सहभागिता जनाउने तय (खेलतालिकाससहित)
सुरज राना मगर

शुद्धोदन । रुपन्देहीमा छोटो समय मै लोकप्रिय बनेको फर्साटिकर कपको आठौं संस्करणमा यसपटक पाँच जिल्लाका टोलीहरुले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

यसपटक शुद्धोदन गाउँपालिका आठौं फर्साटिकर कप नामबाट आयोजना हुने भएको प्रतियोगितामा रुपन्देही सहित चितवन, नवलपरासी, कपिलवस्तु र पाल्पा जिल्लाका टोलीहरुले सहभागिता जनाउने खेल संयोजक टेकु भण्डारीले बताए ।

यहि पुष १० गतेदेखि शुरु हुन गईरहेको प्रतियोगिताको उद्घाटन खेलमा केरवानी स्र्पोटिङ क्लब, देवदह रुपन्देही र भेरव स्पोर्टस क्लब, नवलपरासी भिड्ने समेत संयोजक भण्डारीले जानकारी दिए ।

आउँदो पुष २५ गतेसम्म चल्ने प्रतियोगितामा पाँच जिल्लाका कुल १६ टोलीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने आयोजक फर्साटिकर युवा क्लबका अध्यक्ष मुकेश कुँवरले बताए ।

शुद्धोदन–४ बर्मेली टोल स्थित फर्साटिकर माविको खेलमैदानमा हुने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार हात पार्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फका अन्य खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष कुँवरले बताए ।

प्रतियोगिता अन्तरग तगत संस्करणको उपाधि आयोजक फर्साटिकरले नै जित्न सफल भएको थियो ।

Post Comments