News तेह्रथुम दॉगपा: मंगलबार पुरूष तर्फ ४ प्री-क्वाटरफाइनल र महिला तर्फ एक क्वाटर फाइनल खेल सम्पन्न
गोलनेपाल

तेह्रथुम जिल्लाको लालिगुराँस नगरपालिका ५ दाँगपामा शनिबार देखि शुरू भएको माघेनी मेला खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिताको चौथो दिन मंगलबार पुरूष तर्फका ४ प्रि क्वाटर फाइनल र महिला तर्फ एक क्वाटर फाइनल खेल सम्पन्न भएका छन ।

पुरूष तर्फको पहिलो प्रि क्वाटरफाइनलमा कालिका देवीले कुसन वाईसीलाई सडन डेथमा १०-९ ले पाजित गर्दै क्वाटरफाइनल पुगेको छ । त्यस्तै दोस्रो खेलमा केबुहाङ एफसीले गणेश कालिकालाई १-० ले, तेस्रो खेलमा सेनेहाङ वाइसीले आयोजक बि लाई ७-० ले र चौथो खेलमा आयोजक ए ले लुङवाहिम वाइ सीलाइ १-० ले पराजित गर्दै क्वाटर फाइनल स्थान पक्का गरेका हुन।

त्यसैगरी मंगलबार सम्पन्न महिला तर्फको क्वाटर फाइनलमा म्याङलुङ स्पोर्टिङ क्लबले नालिगेनलाई ४-० ले हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो । प्रतियोगिताको पुरूष तर्फ विजेताले १ लाख १ हजार १११ र उपविजेताले ५० हजार ५५५ प्राप्त गर्नेछन । त्यसैगरी महिला तर्फ विजेताले ५० हजार र उपविजेताले २५ हजार पाउँनेछन ।

जालपा युवा क्लबले आयोजना गरेको प्रतियोगितमा पुरूष तरफ २२ र महिला तर्फ ८ टिमको सहभागिता रहेको थियो।

Post Comments