News
चर्च ब्वाईज सिक्किममा जारी चिफ मिनिस्टर गोल्डकपको सेमिफाइनलमा
काठमाडौं । सिक्किमको जोरेथाङमा जारी १०औं अल इण्डिया चिफ मिनिस्टर गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा उत्कृष्ट जित हात पार्दै चर्च ब्वाईज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ ।
जोरेथाङ रंगशालामा भएको क्वाटरफाइनलतर्फ चर्च ब्वाईजले जर्ज टेलिग्राफ, कोलकातालाई शून्यका विरुद्ध ४ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका चर्च ब्वाईज युनाइटेडका समिर तामाङ म्यान अफ दि म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार भारतीय रुपैयाँ र ट्रफी हात पारे ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल