News
समिरको निर्णायक गोलसँगै बिर्तामोड सेमिफाइनलमा
दमक । बिर्तामोड युनाइटेड झापा जारी दुम्सेली खुल्ला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको क्वाटरफाइनल भिडन्ततर्फ बिर्तामोडले चात्यासा फुटबल क्लब, दमकलाई १–० ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
दमक स्थित चुलाचुली खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा बिर्तामोडका लागि समिर गुरुङले एक मात्र निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच भने बिर्तामोड कै सन्तोष बस्नेत घोषित भए ।
चुलाचुली फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल आउँदो पुष १२ गतेका दिन हुनेछ ।

Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा