News हिसान–एन्फा सुनसरी कपको खेलतालिका सार्वजनिक
गोलनेपाल

इटहरी । हिसान सुनसरी र एन्फा सुनसरीको संयुक्त आयोजनामा हुन गईरहेको हिसान–एन्फा सुनसरी कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।

इटहरी–२ स्थित बुढासुब्बा खेलमैदानमा हुने प्रतियोगिताको पहिलो दिन तीन खेलहरु हुनेछ । कुल २३ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल भने माघ १८ गतेका दिन हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

 

Post Comments