News सभापति कप शुरु, संकटाको उत्कृष्ट शुरुवात
गोलनेपाल

काठमाडौं । बिहीबारदेखि शुरु भएको सभापति कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगितामा संकटा फुटबल क्लबले विजयी शुरुवात गरेको छ ।

दशरथ रंगशालामा भएको उद्घाटन खेलमा संकटाले चर्च ब्वाईज युनाइटेड क्लबलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै विजयी शुरुवात गरेको हो ।

संकटाको जितमा खेलको २० र ७०औं मिनटमा गरी रिचार्डले दुई गोल गरे । थप एक गोल भने ७३औं मिनटमा चन्दन दासले गरेका थिए । यो जितसँगै संकटा सेमिफाइनलमा समेत प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तर्गत माघ ११ गते शुक्रबारको दोस्रो क्वाटरफाइनल खेल मच्छिन्द्र फुटबल क्लब र विभागीय टोली एपिएफ फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।

नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २६ लाख हात पार्नेछ भने उपविजेताले १३ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही माघ १७ गतेका दिन हुनेछ ।

Post Comments