News
कठिन जित निकाल्दै पुलिस क्वालिफायर टु मा प्रवेश
काठमाडौं । संघर्षपुर्ण जित निकाल्दे विभागीय टोली नेपाल पुलिस क्लब जारी एन्फा महिला लिगको क्वालिफायर टु मा प्रवेश गर्न सफल भएको छ ।
शुक्रबार भएको इलिमिनेटर म्याचतर्फ पुलिसले बागमति युवा क्लब माथि शून्यका विरुद्ध १ गोलको झिनो अन्तरको जित निकाल्दै क्वालिफायर टु मा स्थान बनाएको हो ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसका लागि अन्तिमतिर अमृता जैशीले गरेको एक मात्र गोल पुलिसको जितमा निर्णायक गोल बन्यो ।
पुलिसले अब माघ १२ गते हुने क्वालिफायर वानतर्फ एपिएफ र आर्मी बीचको खेलमा पराजित हुने टोलीसँग माघ १४ गतेका दिन क्वालिफायर टु मा प्रतिस्पर्धा गर्नेछ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- वीरेन्द्रनगरमा महिला खेलाडी लक्षित 'युद्ध फुटबल एकेडेमी'को प्रशिक्षण सुरु
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- बिमलाको निर्णायक गोलमा आत्मा पवित्र फाइनल प्रवेश