News
युथ लिगः सातदोबाटो र एपिएफको जित
काठमाडौं । एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार सातदोबाटो युथ क्लब र एपिएफ फुटबल क्लबले जित हात पार्दै खातामा तीन–तीन अंक जोडेका छन् ।
एन्फा कम्प्लेक्सको खेलमैदानमा भएको खेलमा सातदोबाटोले थ्रीस्टार फुटबल क्लबमाथि २–१ को जित निकाल्यो । यो जितपछि सातदोबाटोको ७ खेलबाट ९ अंक छ । पराजित थ्रीस्टारको खातामा भने १६ अंक छ ।
शुक्रबार नै भएको अर्को खेलमा एपिएफले हिमालयन शेर्पा क्लबलाई ४–० ले हरायो । यो जितपछि एपिएफको खातामा ८ खेलबाट २० अंक भएको छ । पराजित शेर्पाको भने समान खेलबाट ४ अंक मात्र छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा