News तेस्रो नेपाल सुपर लिग (एनएसएल) को खेलहरु पोखरामा पनि हुने
गोलनेपाल

काठमाडौं । बहुप्रतिक्षित नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका केही खेलहरु काठमाडौं बाहिर पहिलोपटक पोखरामा पनि हुने भएको छ । निकट स्रोतका अनुसार लिगका करिब १०–१२ खेलहरु पोखरा रंगशालामा हुनेछन् ।

स्मरण रहोस, प्रतियोगिताको तेस्रो संस्करण आउँदो चैत १६ गतेदेखि शुरु हुँदैछ । त्यसका लागि खेलाडीहरुको लिलामी पनि फागुन पहिलो साता गर्ने आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेण्ट प्रा.लि. ले यसअघि नै घोषणा गरिसकेको छ ।

प्रतियोगिताको गत संस्करणको उपाधि भने ललितपुर सिटी फुटबल क्लबले जितेको छ । लिगमा कुल ८ टोलीहरुले सहभागिता जनाउने बताइएको छ ।

 

Post Comments