News पूर्वाञ्चल, एम्स एकेडेमी, मेगा हिमालयन र विश्व आदर्श क्वाटरफाइनलमा
गोलनेपाल

इटहरी । पूर्वाञ्चल सेकेण्डरी स्कुल इटहरी, एम्स एकेडेमी धरान, मेगा हिमालयन धरान र विश्व आदर्श कलेज इटहरी जारी हिसान–एन्फा सुनसरी कप युथ फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बुढासुब्बा फुटबल मैदानमा भएको पहिलो खेलमा पूर्वाञ्चलले धरान आदर्श स्कुल, धरानलाई टाईब्रेकरमा ३–२ ले हरायो । निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलमा पूर्वाञ्चलका गोलरक्षक सुमित राई म्यान अफ दि म्याच बने ।

दोस्रो खेलमा एम्स एकेडेमीले सुनाखरी एकेडेमी, धरानलाई ४–० ले हरायो । खेलमा एम्स एकेडेमीका साजन बर्देवा म्यान अफ दि म्याच घोषित भए ।

तेस्रो खेलमा मेगा हिमालयनले ग्रिनपिस नमुना कलेज, इटहरीलाई टाईब्रेकरमा ५–४ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा मेगा हिमालयनका कस्तुब बर्देवा म्यान अफ दि म्याच चुनिए ।

दिनको चौथो खेलमा विश्व आदर्शले स्मल हेभन एकेडेमी, इटहरीलाई टाईब्रेकर मै ४–३ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी नै खेलेका थिए । खेलमा विश्व आदर्शका गोलरक्षक उज्ज्वल चौधरी म्यान अफ दि म्याच चुनिए ।

हिसान सुनसरी र एन्फा सुनसरीको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । कुल २३ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल माघ १८ गतेका दिन हुनेछ ।

 

Post Comments