News लुम्बिनी च्याम्पियनसिप माघ २८ गतेदेखि
गोलनेपाल

घोराही । ‘स्वस्थ्य युवा, अनुशासित नेतृत्व र आत्मविश्वास निर्माण, खेल संस्कार र खेलकुदलाई व्यावसायिक रुपान्तरण’ भन्ने नाराका साथ लुम्बिनी फुटबल एकेडेमी, घोराही–१८, दाङको आयोजनामा यही माघ २८ गतेदेखि लुम्बिनी च्याम्पियनसिप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

आयोजक लुम्बिनी फुटबल एकेडेमी कै खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्ने आयोजक एकेडेमीका समिर वलीले जानकारी दिए ।

त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । स्मरण रहोस, लुम्बिनी फुटबल एकेडेमीले आफ्नै खर्चमा फुटबल एकेडेमी सञ्चालन गरेर युवा खेलाडीहरुलाई दक्ष र अनुभवी प्रशिक्षकद्वारा नियमित फुटबल प्रशिक्षण समेत दिंदै आएको छ ।

 

Post Comments