काठमाडौं । युवा संघ नेपालको आयोजनामा गत वर्षदेखि शुरु गरिएको केपी ओली कप नकआउट फुटबल प्रतियोगिताको दोस्रो संस्करण आउँदो फागुन ११ देखि १९ गतेसम्म हुने भएको छ ।
आयोजकले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे आधिकारिक रुपमा जानकारी गराएको हो । आयोजकका अनुसार प्रतियोगितामा सहभागिता जनाउने इच्छुक क्लबहरुका लागि टिमदर्ता पनि खुला गरिएको छ ।
साथै प्रतियोगितामा सहभागिता जनाउन भारत, भुटानसहित तेस्रो मुलुकका टोलीहरुले पनि इच्छुक देखिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । यसपटक प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेता ५ लाखसहित ट्रफी हात पार्ने आयोजकले जानकारी दियो ।
स्मरण रहोस, प्रतियोगिताको गत संस्करणको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको थियो । फाइनलमा मच्छिन्द्रले सातदोबाटो युथ क्लबलाई हराउँदै उपाधि उचाल्न सफल भएको थियो ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै