News पूर्वमा थपिए एक महिलासहित १७ जना एन्फा रेफ्री
रमेश समदर्शी

झापा । पूर्वमा एक महिलासहित १७ जना एन्फा रेफ्रीका लागि ब्याच पाएका छन् । झापाको झिलझिलेमा भएको फोर्थ क्याटोगोरी रेफ्री कोर्सबाट उत्तीर्ण भएका १७ जनालाई आज एन्फा रेफ्रीको ब्याच वितरण गरिएको हो ।

झापा जिल्ला फुटबल संघको आयोजना तथा एन्फाका प्राविधिक टोलीको प्रशिक्षणबाट इलामकी एक महिलासहित १७ जनाले मापदण्डअनुरुप एन्फा रेफ्रीको कोर्ष पूरा गरेको हो ।

फोर्थ क्याटोगोरी रेफ्री कोर्ष पास गरेकामध्ये धनकुटाका भुवन मगर टप्पर बनेका छन् । उनीसँगै ६ जिल्लाका १७ जनाले फिटनेस र लिखितमा नाम निकालेर एन्फा रेफ्री २०२५ को ब्याच प्राप्त गरे ।

एन्फा रेफ्री क्याटोगोरी २०२५ मा सफल हुनेमा सबैभन्दा बढी इलाम जिल्लाका ६ जना रहेका छन् । जसमा अनिषा राई, रिकेश गुरुङ, विशाल तामाङ, श्यामकुमार जबेगु, दिपेश राई र मिलन राई रहेका छन् ।

यसैगरी, झापा र ताप्लेजुङका ३-३ तथा धनकुटा र संखुवासभाका २-२ जनाले एन्फा रेफ्री ब्याच पाएका छन् । झापा जिल्लाबाट अनिष राई, युनिश पौडेल र वियोग बोहोरा रहेका छन् ।

यस्तै, ताप्लेजुङका उदिपहाङ लिम्बू, आदित्या लिम्बू र सन्तकुमार लिम्बु रहेका छन् भने धनकुटाका कुसुम थुलुङ राई र भुवन मगर तथा संखुवासभाका दिपेश गुरुङ र अनिल जिमी रहेका छन् । तेह्रथुमका एकजना मात्र राेशन लिम्बूले एन्फा रेफ्रीमा नाम निकालेका छन् ।

Post Comments