झापा । पूर्वमा एक महिलासहित १७ जना एन्फा रेफ्रीका लागि ब्याच पाएका छन् । झापाको झिलझिलेमा भएको फोर्थ क्याटोगोरी रेफ्री कोर्सबाट उत्तीर्ण भएका १७ जनालाई आज एन्फा रेफ्रीको ब्याच वितरण गरिएको हो ।
झापा जिल्ला फुटबल संघको आयोजना तथा एन्फाका प्राविधिक टोलीको प्रशिक्षणबाट इलामकी एक महिलासहित १७ जनाले मापदण्डअनुरुप एन्फा रेफ्रीको कोर्ष पूरा गरेको हो ।
फोर्थ क्याटोगोरी रेफ्री कोर्ष पास गरेकामध्ये धनकुटाका भुवन मगर टप्पर बनेका छन् । उनीसँगै ६ जिल्लाका १७ जनाले फिटनेस र लिखितमा नाम निकालेर एन्फा रेफ्री २०२५ को ब्याच प्राप्त गरे ।
एन्फा रेफ्री क्याटोगोरी २०२५ मा सफल हुनेमा सबैभन्दा बढी इलाम जिल्लाका ६ जना रहेका छन् । जसमा अनिषा राई, रिकेश गुरुङ, विशाल तामाङ, श्यामकुमार जबेगु, दिपेश राई र मिलन राई रहेका छन् ।
यसैगरी, झापा र ताप्लेजुङका ३-३ तथा धनकुटा र संखुवासभाका २-२ जनाले एन्फा रेफ्री ब्याच पाएका छन् । झापा जिल्लाबाट अनिष राई, युनिश पौडेल र वियोग बोहोरा रहेका छन् ।
यस्तै, ताप्लेजुङका उदिपहाङ लिम्बू, आदित्या लिम्बू र सन्तकुमार लिम्बु रहेका छन् भने धनकुटाका कुसुम थुलुङ राई र भुवन मगर तथा संखुवासभाका दिपेश गुरुङ र अनिल जिमी रहेका छन् । तेह्रथुमका एकजना मात्र राेशन लिम्बूले एन्फा रेफ्रीमा नाम निकालेका छन् ।
- शनिश्चरे एफसी बिर्तामोड च्यालेञ्ज कपको सेमिफाइनलमा
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा