News पथरी प्रिमियर लिगमा पत्रकार कोइराला र राई सम्मानित
गोपाल काफ्ले

टेन्सबर्ग पथरीशनिश्चरे प्रिमियर लिगको अवसरमा दुई पत्रकार सम्मानीत भएका छन ।

खेल जगत र विकास निमार्ण कलम चलाउदै आएका गोरखापत्र दैनिकका उर्लाबारी समाचारदाता हरिप्रसाद कोइराला र क्रेजी डटकम साप्ताहिकका सम्पादक तथा प्रकाशक सन्तोष राई शनिबार सम्मानित भएका हुन । कोइराला जगतबहादुर सम्बाहाम्फे स्मृति पत्रकारिता पुरस्कारबाट र राई सूर्यबहादुर सोम्याङ राई स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित हुनु भएको हो ।

पथरीशनिश्चरे नगरको विकास तथा खेल क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका मनिष सम्बाहाम्फे र अजय सेनले आफ्ना स्वर्गीय बुबाको स्मृति पुरस्कार कोष स्थापना गर्नु भएको छ । सोही कोषबाट हरेक वर्ष दुई जना पत्रकारलाई सम्मान प्रदान गरिदै आएको छ । सोहि कोसबाट पहिलोपटक नागरिक दैनिकका चुम्वन बस्नेत र उद्घोष दैनिकका लोकबहादुर चौहानले प्राप्त गर्नुभएको थियो भने दोश्रो पटक रातोकलम डट कमका तेजन खड्का र साइनो मिडियाका सम्पादक फिपराज बेघा पुरस्कृत हुनुभएको थियो । सम्बाहाम्फे हाल क्यानडा बस्दै आउनु भएको छ भने सेन अमेरिका बस्दै आउनु भएको छ । पुरस्कारको राशि १०र१० हजार नगद सहित प्रमाणपत्र रहेको छ ।

पुरस्कृत पत्रकारहरूलाई पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख दिलिपकुमार राई र पथरी स्पोर्टिङ क्लबका अध्यक्ष धनकुमार तामाङ पुरस्कार प्रदान गर्नुभयो ।

पथरीमा हुने ठूला फुटबल प्रतियोगिताको समापनको दिन पारेर पुरस्कार प्रदान गरिदै आएको अक्षय कोष सञ्चालक गोपाल काफ्लेले बताउनु भयो ।

Post Comments