News आयोजक चुलाचुली उपाधि नजिक
गोलनेपाल

दमक । आयोजक चुलाचुली फुटबल क्लब दुम्सेली खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको दोस्रो सेमिफाइनलमा चुलाचुलीले फुलबारी स्र्पोटिङ क्लबलाई १–० ले हराउँदै उपाधि नजिक पुगेको हो ।

दमक स्थित चुलाचुली खेलमैदानमा भएको प्रतिस्पर्धात्मक सेमिफाइनल भिडन्तमा आयोजकका लागि १७औं मिनटमा उमेश राईले गरेको एक मात्र गोल निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच भने फुलबारीका आशिष लावती घोषित भए ।

चुलाचुलीले अब उपाधिका लागि पुष १२ गते फाइनलमा नर्थ राधानगर एफसी मोरङसँग खेल्नेछ । चुलाचुली फुटबल क्लब, दमकको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्नेछ ।

 

Post Comments