काठमाडौं । नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा लामाले आइतबार आफ्नो पदभार ग्रहण गरेका छन् ।
सिंहदरवार स्थित युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष शिव कोईराला, राखेप सदस्य–सचिव रमेश कुमार सिलवाल, नेपाल स्काउटका प्रमुख लोकवहादुर भण्डारी, राखेप सदस्यहरु,मन्त्रालयका सह सचिव,उपसचिव,राखेप बिभागिय प्रमुखलगायतले आईतवार स्वागत गरेका थिए ।
सो अवसरमा मन्त्री लामाले खेलकुदको विकास र खेलाडीको भविष्य सुनिश्चित गर्नका लागि तत्कालिन, मध्यकालीन र दिर्धकालिन योजना ल्याउने बताए । मन्त्री लामाले आईतवार खेलाडीको जिवन बृद्धि सम्बन्धी फायलमा हस्ताक्षर गरेर आफ्नो कार्य प्रारम्भ गरेका थिए ।
त्यसअघि मन्त्रालयले निवर्तमान युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (बिश्वकर्मा) लाई बिदाई गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रीपरिषद हेरफेर तथा विस्तार गर्दा बिश्वकर्मा भएका थिए ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न