News
इलामः पाँचौं सन्दकपुर गोल्डकप चैत्र २५ गतेदेखि

सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिका देउरालीमा सन्दकपुर गोल्डकपको पॉचौ संस्करण चैत्र २५ गते देखि वैशाख १ गते सम्म सन्चालन हुने भएको छ ।
देउराली स्पोर्टीङ क्लबको आयोयोजनामा सन्चालन हुने प्रतियोगितामा जम्मा आठ टीमको सहभागिता रहने बताईएको छ । बिजेताले २ लाख ५५ हजार र उपविजेताले १ लाख ५५ हजार प्राप्त गर्नेछन ।
केही दिन अघि पत्रकार सम्मेलन गर्दै यो संस्करणमा गत संस्करण भन्दा पुरस्कार राशिमा वृद्धी गरिएको क्लबका अध्यक्ष अयिन्द्र राईले बताउँनु भयो । गत संस्करणमा २ लाख ११ हजार रहेको पुरस्कारबाट २ लाख ५५ हजार पुर्याइएको हो ।
देउराली स्पोर्टिङ क्लब को आयोजनामा बसेको आम भेलाले क्लवको हाल सम्मको आर्थिक प्रतिवेदन र क्लवले अहिलेसम्म गरेको बार्षिक गतिविधिहरू समेत सार्वजनिक गरिएको थियो ।
Post Comments