News पूर्व अन्तर्राष्ट्रिय फुटबलरद्वय गंगा र जमुनालाई पितृशोक
गोलनेपाल

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीका दुई पूर्व अन्तर्राष्ट्रिय खेलाडी गंगा गुरुङ र जमुना गुरुङलाई पितृ शोक परेको छ । पूर्व फुटबलरद्वय गुरुङ दिदीबहिनीका पिता धन बहादुर गुरुङको आइतबार घरमै निधन भएको बताइएको छ ।

पारिवारिक स्रोतका अनुसार धन बहादुर गुरुङको कानेपोखरी, रमाइलो, मोरङ स्थित आफ्नै निवासमा निधन भएको हो ।

स्मरण रहोस, गंगा र जमुना दुवैले नेपाली राष्ट्रिय महिला फुटबल टोलीका लागि खेलेका थिए । जमुना भने टोलीकी पूर्व कप्तान समेत हुन् । राष्ट्रिय टोलीका लागि उनको कप्तानी र प्रदर्शन दुवै प्रशंसनीय पनि थियो ।

 यो दुःखद घडीमा गोलनेपालको तर्फबाट गुरुङ परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

Post Comments