News
पूर्व अन्तर्राष्ट्रिय फुटबलरद्वय गंगा र जमुनालाई पितृशोक
काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीका दुई पूर्व अन्तर्राष्ट्रिय खेलाडी गंगा गुरुङ र जमुना गुरुङलाई पितृ शोक परेको छ । पूर्व फुटबलरद्वय गुरुङ दिदीबहिनीका पिता धन बहादुर गुरुङको आइतबार घरमै निधन भएको बताइएको छ ।
पारिवारिक स्रोतका अनुसार धन बहादुर गुरुङको कानेपोखरी, रमाइलो, मोरङ स्थित आफ्नै निवासमा निधन भएको हो ।
स्मरण रहोस, गंगा र जमुना दुवैले नेपाली राष्ट्रिय महिला फुटबल टोलीका लागि खेलेका थिए । जमुना भने टोलीकी पूर्व कप्तान समेत हुन् । राष्ट्रिय टोलीका लागि उनको कप्तानी र प्रदर्शन दुवै प्रशंसनीय पनि थियो ।
यो दुःखद घडीमा गोलनेपालको तर्फबाट गुरुङ परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न