News बुढासुब्बा गोल्डकपको फाइनलमा एनआरटी
गोलनेपाल

धरान । न्युरोडटिम (एनआरटी), काठमाडौं जारी २५औं बुढासुब्बा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा एनआरटीले युनाइटेड खर्साङ्ग फुटबल क्लब, भारतलाई ३–१ ले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।

धरान रंगशालामा भएको खेलमा एनआरटीका लागि प्रदिप बुढाथोकीले दुई गोल गरे भने शिशिर लेखीले थप एक गोल गरे । उता पराजित युनाइटेड खर्साङ्गका लागि भने हेमराज भुजेलले गोल फर्काएका थिए ।

खेलमा एनआरटी कै शिशिर लेखी म्यान अफ दि म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । एनआरटीले अब माघ २६ गते शनिबार चर्च ब्वाईज युनाइटेड, काठमाडौंसँग उपाधिका लागि फाइनल खेल्नेछ ।

धरान फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाखसहित ट्रफी हात पार्ने आयोजकले जानकारी दियो ।

Post Comments