
इलाम । क्लब औएसिस, इलामको आयोजनामा आउँदो फागुन १७ देखि २४ गतेसम्म हुन गईरहेको दोस्रो महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रित फुटबल प्रतियोगितामा सहभागिता जनाउने टोलीहरुको टुंगो लागेको छ ।
इलाम स्थित ठूलो टुंडिखेल मैदानमा हुने प्रतियोगितामा नेपाल र भारतका गरी कुल आठ टोलीहरुले सहभागिता जनाउने भएका छन् । जसमा आयोजक क्लब ओएसिस इलाम, एपिएफ फुटबल क्लब काठमाडौं, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौं, नेपाल पुलिस क्लब काठमाडौं, मदर टेरेसा फुटबल क्लब (भारत), बागमती युवा क्लब सर्लाही, पदमा स्र्पोटिङ क्लब ओखलढुङ्गा र मानेभञ्ज्याङ फुटबल क्लब (भारत) रहेका छन् ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ । स्मरण रहोस, प्रतियोगिताको पहिलो संस्करण मानेभञ्ज्याङ फुटबल क्लब, भारतले जितेको थियो ।