
बुटवल । सियारी गाउँपालिका जारी लखन कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सियारीले प्रिक्वाटरफाइनलतर्फ आयोजक लखन ब्रदर्श युथ क्लब (निलो) लाई २–१ ले हराउँदै क्वाटरफाइनल स्थान पक्का गरेको हो ।
सियारीको जितमा दुवै गोल मनिष सुबेदीले गरे । उता पराजित लखन ब्रदर्शका लागि भने मिलन थापाले गोल फर्काएका थिए । खेलमा सियारीका गोलरक्षक मनोज नेपाली म्यान अफ दि म्याच चुनिए । प्रतियोगिता अन्तर्गत माघ २८ गते सोमबारको खेल बिग बुद्ध क्लब र एक्स–लेजेण्ड क्लबबीच हुने खेल संयोजक खिम थापाले जानकारी दिए ।
लखन ब्रदर्श युथ क्लब, बुटवल–८, सुख्खानगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५१,५१५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७५,७५७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक राम थापाले बताए । फाइनल खेल फागुन ७ गतेका दिन हुनेछ ।