News
नेपाल र चीनको युनान युथ फागुन ३ मा भिड्दै
काठमाडौ । चाइनिज नयाँ वर्षको अवसर पारी नेपालमै हुन गईरहेको नेपाली युथ टिम र चीनको युनान युथ क्लब बीचको मैत्रीपूर्ण खेल आउँदो फागुन ३ गते हुने पक्का भएको छ ।
यसअघि नेपाली र चाइनिज टोलीबिच मैत्रीपूर्ण खेल हुने पक्क भए तापनी अन्य जानकारीबारे विस्तृत रुपमा खुलाईएको थिएन । यद्यपि आइतबार एन्फाले आधिकारिक रुपमा उक्त मैत्रीपूर्ण खेलबारे जानकारी गराएको हो ।
एन्फाका अनुसार मैत्रीपूर्ण खेल दशरथ रंगशालामा हुनेछ । खेलको प्राविधिक व्यवस्थापन एन्फाले गर्नेछ भने अन्य आवश्यक व्यवस्थापन चिनियाँ राजदुतावासले गर्नेछ ।
स्मरण रहोस, राजेश शाहीको मुख्य प्रशिक्षकीय जिम्मेवारीमा रहेको नेपालको प्रारम्भिक ४५ सदस्यीय टोली युनान युथसँग खेल्न कै लागि हाल बन्द प्रशिक्षणमा व्यस्त छ । मुख्य प्रशिक्षक शाहीले छिटै नेपाली टोलीको फाइनल स्क्वाड घोषणा गर्ने पनि जानकारी गराएका छन् ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)