News
कोशी प्रदेश प्रिमियर लिगः प्रगतिशील र गाईघाटको जित

धरान । सोमबारदेखि शुरु भएको कोशी प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगिताको पहिलो दिन प्रगतिशील युथ क्लब, ताप्लेजुङ र गाईघाट फुटबल क्लब, उदयपुरले विजयी शुरुवात गरेका छन् ।
धरान रंगशालामा भएको उद्घाटन खेलमा प्रगतिशीलले धरान फुटबल क्लब, सुनसरीलाई २–१ ले हरायो । प्रगतिशीलको जितमा सबिन तामाङ र अनुप स्याङतनले गोल गरे । पराजित धरानका लागि भने सबिन राईले गोल गरे । खेलमा प्रगतिशीलका सबिन तामाङ म्यान अफ दि म्याच घोषित भए ।
अर्को खेलमा गाईघाटले लाइबेरी फुटबल क्लब, भोजपुरलाई ३–० को अन्तरले हरायो । गाईघाटको जितमा प्रबिन राईले दुई गोल गर्दा प्रितम चौधरीले थप एक गोल गरे । खेलमा गाईघाटका प्रबिन राई म्यान अफ दि म्याच घोषित भए ।
त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री षडानन्द मण्डलले गरेका थिए ।
Post Comments