News घाइते फुटबल खेलाडीको उपचारमा सहयोग
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । मकवानपुरमा सम्पन्न भएको एट ए साईड फुटबल प्रतियोगितामा घाइते बन्न पुगेका फुटबल खेलाडी सुमन अर्याललाई आर्थिक सहयोग उपलब्ध गराइएको छ ।

विहानी स्पोर्ट्स क्लबद्वारा आयोजित प्रतियोगिता अन्तरगत सोमबार भएको एफसी एडी र सिद्धबाबाबीचको फाइनल खेलका क्रममा एडी एफसीबाट खेलेका अर्याल घाइते हुन पुगेका थिए । अर्यालको खेलका क्रममा हात भाँचिएको थियो ।

घाइते हुन पुगेको अर्यालको आर्थिक अवस्था कमजोर भएकाले मकवानपुर जिल्ला फूटबल संघ र विहानी स्पोर्ट्स क्लबको सहकार्यमा भएको अर्याललाई उपचारका लागि फूटबल संघको कार्यालयमा मंगलबार एक कार्यक्रमका बीच आर्थिक सहयोग गरिएको हो ।

घाइते खेलाडी अर्याललाई सहयोग गर्नेहरुमा नेपाली काँग्रेस नगर सभापती तथा मकवानपुर जिल्ला फूटबल संघका सल्लाहकार आनन्दराम पराजुलीले नगद दश हजार सहयोग गरे । त्यस्तै नेपाली काँग्रेस जिल्ला सदस्य सुनिल अधिकारीले २५०० सहयोग गरे भने विहानी स्पोर्ट्स क्लबले रु १०,००० सहयोग गरेका थिए ।

सो सहयोग हस्तान्तरण कार्यक्रममा मकवानपुर जिल्ला फूटबल संघका अध्यक्ष टिकाराम लामा, सदस्य विमल श्रेष्ठ, विहानी स्पोर्ट्स क्लबका अध्यक्ष राजु विष्ट, डेनिस श्रेष्ठ, रुपक थापा मगर, विवेक गुरुङलगायत अन्य खेलाडीहरुको पनि उपस्थिति रहेको थियो ।

Post Comments